३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनमा हुने बीआरआई सम्मेलनमा नेपालको उपस्थिति हुने सम्भावना न्यून

प्रकाशित मिति :  २१ भाद्र २०८१, शुक्रबार १५:२७


काठमाडौं ।  चीनमा हुने बीआरआई सम्वन्धी उच्चस्तरीय सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुने सम्भावना एकदमै न्युन भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवा अमेरिकामा आयोजना हुने संयुक्त राष्ट्र सँगको सम्मेलनमा भाग लिन जाने भएसँगै नेपालको तर्फबाट बीआरआई सम्बन्धी उच्च स्तरीय सम्मेलनमा नेपालको सहभागी न्यून हुने भएको हो । 

कार्यक्रमको मिति जुध्नु र प्रधानमन्त्री र परराष्ट्रमन्त्री अमेरिकाको यात्रामा जान लाग्नुले नै चीनमा हुने सम्मेलनमा नेपालको सहभागी सून्य हुने भएको हो । 

चीनले यही सेप्टेम्बर ११ देखि १३ सम्ममा ‘बेल्ट एण्ड रोड’ मा रहेका देशहरूका लागि बौद्धिक सम्पत्ती सम्बन्धी तेस्रो उच्चस्तरीय सम्मेलन बेइजिङमा आयोजना गर्ने भएको छ भने संयुक्त राष्ट्र संघको महासभा यही सेप्टेम्बर १० देखि २८ (भदौ २५ देखि असोज १२) सम्म न्यूयोर्कमा हुँदैछ । न्यूयोर्कमा हुने महासभाको लागि प्रधानमन्त्री ओलीको भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत समेत भएको छ । 

  


226
Shares

प्रतिक्रिया दिनुहोस !