८ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

घट्दो जन्मदरले उत्तर कोरियालाई चिन्ता

प्रकाशित मिति :  २२ भाद्र २०८१, शनिबार ०८:४४


काठमाडौं । दक्षिण कोरियामा जन्मदर तीव्र गतिमा घटिरहेको छ । यस समस्यालाई रोक्न सरकारले गरेका विभिन्न प्रयासहरू अहिलेसम्म पर्याप्त सफल हुन सकेका छैनन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण कोरियाले विगत केही वर्षदेखि आफ्ना युवाहरूलाई सन्तान जन्माउन प्रोत्साहित गर्नका लागि अनगिन्ती पहल गरेको छ, तर यस प्रयासको अझैं सफलता हात पारेको छैन ।

२०२३ को अन्त्यसम्म, दक्षिण कोरियाको जन्मदर प्रति हजार जनसंख्या ०.७५ रहेको थियो । जुन विश्वभरिका सबैभन्दा कम जन्मदरमध्ये एक हो ।

यस वर्षको पहिलो त्रैमासिकमा पनि जन्मदर अझै बढ्न नसकेको रिपोर्ट सार्वजनिक भएको छ । अत्यन्त कम जन्मदर दक्षिण कोरियामा लामो समयदेखि चलिरहेको समस्या हो । जसले जनसांख्यिकीय र सामाजिक चुनौतीहरू सिर्जना गरेको छ ।

दक्षिण कोरियाकै केन्द्रीय बैंकको तथ्याङ्कले ३० वर्षभन्दा माथिका व्यक्तिहरूको बचत दरमा पनि घटबढ देखाएको छ । पाँच वर्षअघि २९.४ प्रतिशत रहेको बचत दर हाल पहिलो त्रैमासिकमा २८.५ प्रतिशतमा झरेको छ । यसले आर्थिक पाटोमा पनि भविष्यमा समस्या ल्याउने आंकलन गरिएको छ ।

कोरियामा २०–३० वर्ष उमेर समूहका युवा युवतीहरूले हालका वर्षहरूमा डिपार्टमेन्ट स्टोरहरू र ठूला होटेलहरूमा अत्यधिक खर्च गरेका छन् । यो अवधि भित्र उनीहरूको यात्रा खर्च ३ वर्षको अवधिमा ३३.३ प्रतिशतबाट बढेर ४०.१ प्रतिशत पुगेको छ । तर यो तथ्यले जन्मदरलाई सुधार्न पर्याप्त योगदान पु¥याउन सकेको छैन ।

दक्षिण कोरियामा जन्मदर कम हुनुको पछाडि एक महत्वपूर्ण कारण भनेको युवा पुस्तामा विवाहप्रति सकारात्मक धारणा नहुनु हो । धेरै युवाहरूले विवाह र परिवारको जिम्मेवारीबाट बच्न चाहन्छन्, जसले गर्दा जन्मदरमा थप गिरावट आएको छ ।

सन् २०२२ देखि दक्षिण कोरियाले बच्चा जन्मँदा आमालाई २० लाख कोरियाली वन (एक हजार ५१० अमेरिकी डलर) दिँदै आएको छ । त्यसपछि एक वर्षसम्म प्रत्येक महिना सात लाख वन (५२८ अमेरिकी डलर) दिने गरिएको छ ।

दुई वर्षसम्म प्रत्येक महिना तीन लाख ५० हजार वन अर्थात् २६४ अमेरिकी डलर दिने गरिन्छ । यस्तै, प्राथमिक विद्यालय पढ्ने बेलासम्म प्रत्येक महिना १५१ अमेरिकी डलर दिने गरिन्छ । गरिब परिवारलाई थप रकम उपलब्ध गराउने नीति नै लिइएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !