३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडौंबाट नजिकै घुम्नै पर्ने ठाँउ ‘तारकेश्वर’

प्रकाशित मिति :  २२ भाद्र २०८१, शनिबार १८:४८


-प्रदिप तिमल्सिना —

काठमाडौं । के तपाई कोठामा बसेर बोर (दिक्क) हुनु भएको छ ।
तपाईको बाईकमा एक लिटर तेल छ, छ भने आफ्नो विदाको समय मिलाएर दुई चार जना साथी लिएर दुई चार घण्टा घुम्न जान सक्नुहुनेछ । तपाईको यात्रा अबस्य सस्तो,रमणीय र अबस्मिरणिय हुनेछ । त्यो यात्रा रमणीय, अबस्मिरणीय बनाउने सुन्दर ठाँउको नाम पनि भनिहालौ । त्यो ठाँउको नाम हो ‘तारकेश्वर’ ।

हो तारकेश्वरको भुवनेश्वरी मन्दीर परिसर ।

काठमाडौंबाट उक्त ठाँउ जानेबाटो तीन वटा छ । तपाई तीन वटा बाटो मध्य जुनबाटो बाट पनि उक्त ठाँउ पुग्न सक्नुहुनेछ ।

हामी चाहीँ धेरैको रोजाईमा परेको नयाँ बस पार्क हुदै माछापोखरी हुदै रानीबनको यात्रा अलीपर मुड्खु प्रहरी चौकीलाई वाईवाई गदै चीसो हावा खादै ओशा तपोबन लाई नमस्कार गदै सुन्दर जङ्गलको रिसोट् हेदै तरकेश्वर परिसर पुगेको थिए ।

हामी त्यहाँ पुगुन्जेलको प्रकृतिको स्वस्थ हावा, चराहरुको चिरविर्र आवाज, पुरै शान्त बाटोले हाम्रो

मन लोभिसेकेको थियो ।
तपाईं गंगबु हुदै नेपालटार क्याम्पस दायाँ पारेर बिष्णुमती किनार हुदै तीनपिप्ले चौकी निस्कन सक्नुहुन्छ ।

त्यस्तै टोखा झोरहुदै नेपालटारहुदै पनि तपाई जान सक्नुहुन्छ । झोर काठमाडौंबासिको लागि प्रशिद्ध ठाँउ हो ।

तपाईं उक्त ठाँउ तर्फ अगाडी वढ्दै गर्दा थोरै काठमाडौंको छिमेकी जिल्ला धादिगलाई हेरि अगाडी बढि तपाईले दश पन्ध्र मिनेटको आफ्नो राईडलाई यू टर्न गदै हरियाली तरकारि फारम , प्रकृतिको सुन्दर दृश्य हेर्दै ,ट्राउट खाने ठाँउ सम्म पुगेर ट्राउट खान पनि सक्नुहुन्छ । ट्राउट नेपालीहरुको लागि प्रीय माछा हो ।

त्यस पछि तपाईको अगाडी नुवाकोटले तपाईलाई स्वागत गरिरहेको वोर्ड देख्न सक्नुहुनेछ । त्यँहा तपाईले एकछिन अडिएर नुवाकोटको गेटमा फोटो खिच्न पनि सक्नुहुनेछ । नुवाकोट पृथिवी नारायण शाहको पाला भन्दा अगाडी देखिकै फेमस जिल्ला हो । उक्त जिल्लामा पृथ्वी नारायण शाहको दरवार पनि छ । उक्त दरवार चाहिँ टाढा छ ।
त्याहाबाट तपाईले स्टवेरी बारि पनि देख्नुहुनेछ । तपाई हामी कतिले स्टवेरी त खाएका छौं तर स्टवेरीको बोट वा खेती नदेखेको हुन सक्छौं ।

स्टवेरी, ताजा लोकल कुखुरा, ताजा तरकारी, सुविधासम्पन्न होलटको लागि त्यहाँबाट ककनी जान सकिन्छ ।
त्यहँबाट ककनी पनि नजाउ ।

अब बाईक स्टाट गर्नुहोस् । आठ देखि दश मिनेट हाक्नुहोस् । बाटोमा अरु स्वर्ग भन्दा कम नभएको ठाँउहरु देख्न सक्नुहुनेछ ।

तारकेश्वर तर्फ जाउँ । तारकेश्वर तर्फ जादा नुवाकोटको मन लाभ्याउने मनमोहम दृश्य हेर्दै जान पाईन्छ । त्यसको लागि तपाईले थप दश देखी पन्ध्र मिनेटको यात्रा गर्नु पर्ने हुन्छ ।

त्यसपछि तपाई एउटा डाँडामा पुग्नुहुनेछ सो डाँडामा लोकल मोही, लोकल काक्रो लगाएत रैथाने चिजको मजा लिन सक्नुहुनेछ ।

त्यही मोही पसल नजीकै सुन्दर भुबनेश्वरी मन्दिर छ । त्यो मन्दिर स्वर्गको अर्को रुप हो । त्यसको आनन्द पनि तपाईले लिन सक्नुहुनेछ ।

त्याँहाबाट हरियाली रानीबन पुरानो डम्पीङसाईड धादीङको धुनीबेशी नगरपालीका सम्म देख्न सक्नुहुन्छ ।

मन्दिर प्रवेश गर्दाको मज्जा फेरि वेग्लै छ । मन्दिरको सिडी चड्दा पानीमा खुट्टा धुन पाईन्छ । कन्चन पानीमा खुट्टा डुवाएर बस्न पनी पाईन्छ ।

सम्झिनुहोस् त पानीमा खुट्टा भिजाउदै हिड्दाको मज्जा ।

मन्दिर परिसरमा भने क्यमेराको प्रयोग गर्न पाईने छैन ।

मन्दिर भित्र प्रबेश गरेपछि तपाईलाई एक छिन टक्क अडिएर ध्यान गर्न मनलाग्न सक्छ । चिसो हावाको साथमा ध्यान गर्न सकिन्छ ।

ध्यान गरिसकेपछि तपाईले देवीको प्रसाद ग्रहण गर्न सक्नुहुन्छ । अनि खाजाको लागि त्यस ठाँउको प्रशिद्ध सेलरोटी, तरकारी ,चटपटेको लागि अलिकति फेरि सिडिँ उक्लनु पर्ने छ ।

त्यसपछि तपाई तरकेश्वरको शीरबाट फर्कन सक्नुहुन्छ । जुन बाटो विलकुल फरक हो । उक्त ठाँउको यात्रा गर्दा तपाईले अर्गानिक तरकारी लिएर आफ्नो गन्तव्य तर्फ फर्कन सक्नुहुनेछ ।

यति भएपछि तपाईको यात्र सफल हुनेछ । बिदाको सही सदुपयोग हुने छ ।

 

फाेटाेहरु हेर्नुहाेस् –

 

 

 

 

 

 

 

 

 

 

 


7.2k
Shares

प्रतिक्रिया दिनुहोस !