३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकता : प्रधानमन्त्री

प्रकाशित मिति :  २३ भाद्र २०८१, आईतवार ०८:४५


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनभएकाे छ ।

आइतबार ५८औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले अनिवार्य तथा निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चितता गरिने प्रतिवद्धता गरेका छन् ।

विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा अध्यक्ष ओलीको भनाइ छ ।

‘विश्व अहिले सूचना प्रविधिको युगमा प्रवेश गरेको छ, त्यसकारण प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकता हो । प्रविधिमैत्री शिक्षा प्रदान गर्न सरकारले योजनाबद्ध रूपमा कार्य अगाडि बढाइरहेको छ,’ शुभकामना सन्देशमा उल्लेख छ ।

हुन नदिन सरकारले दिवाखाजा, छात्रवृत्तिलगायत अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको र यसलाई अझै सुधार गर्दै लैजाने सरकारको योजना रहेको स्पष्ट पार्नुभयाे ।


226
Shares

प्रतिक्रिया दिनुहोस !