३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रकाशित मिति :  २३ भाद्र २०८१, आईतवार ०८:५६


काठमाडाैं । आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष सेप्टेम्बर ८ का दिन साक्षरता दिवस मनाउने गरिन्छ । यस वर्ष दिवसकाे नारा ‘बहुभाषिक शिक्षाकाे प्रवर्धन: पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने तय गरिएकाे छ ।

नेपालमा साक्षरता दिवस मनाउन थालेको ५८ वर्ष पुगेको छ । नेपाल सरकारले २ वर्षभित्र निरक्षरता उन्मूलन गर्ने गरी २०६५ सालमा राष्ट्रिय साक्षरता अभियान सुरु गरेकाे थियाे । अभियान थालेकाे १६ वर्ष बित्दा पनि त्याे लक्ष्य पूरा हुन सकेकाे छैन । अभियान जारी छ । साक्षरता अभियानका लागि सरकारले करिब १० अर्ब खर्च गरिसकेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार नेपालमा अहिलेसम्म ६४ वटा जिल्ला साक्षर घोषणा गरिसकिएका छन् । अब १३ वटा जिल्ला घोषणा हुन बाँकी छन् । घाेषणा हुन बाँकीमा मधेश प्रदेशका सबै जिल्ला : सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा रहेका छन् । कर्णाली प्रदेशका मुगु, जुम्ला, हुम्ला, कालिकोट र डोल्पा छन् ।

दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सूनिश्चितता गरिने उल्लेख गर्नुभएकाे छ ।  विद्यालय जाने उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय जाने उमेर नाघेका नागरिकलाई जीवनोपयोगी शिक्षाका अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको उहाँले उल्लेख गर्नुभएकाे छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !