९ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आफै बोक्सी, आफै धामी भन्दै बालेनले लेखे स्ट्याटस

प्रकाशित मिति :  २३ भाद्र २०८१, आईतवार ११:०६


काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह  (बालेन)ले आज एउटा स्टयाटस फेरि लेख्नुभएको छ ।
उहाँले सरकारलाई प्रश्न गर्दै आफै धामी आफै झाक्री भन्दै स्ट्याटस लेख्नुभएको छ ।
उहाँले कानुन बनाउने कसले हो ? सरकारको नेतृत्व कसले गरेको हो? अदालतमा न्याधीस नियुक्त गर्ने न्याय परिषद्मा को छ भन्दै खोला किनाराको मापदण्डमा पर्ने घरहरु भत्काउने सवालमा कामपाका मेयर बालेन साहले सरकारलाई प्रश्न गर्दै फेसबुकमा प्रश्न गर्नुभएको हो ।

उहाँले लेखेको स्ट्याटस जस्ताको तेस्तै :

आफै बोक्सी , आफै धामी ।
१) कानुन बनाउने कसले हो ?
२) सरकारको नेतृत्व कसले गरेको हो ?
३) अदालतमा न्यायाधीश नियुक्त गर्ने न्याय परिषद को छ ?
खोलाको मापदण्ड र कानुन आफै बनाउने, आफै सहभागी भएको परिषद् देखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै। अनि, भएको कानुन र फैसलालाई कार्यान्वन गर्दा दोष जति काठमाडौ महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ ।
तपाईंहरु न्याय खोज्नु हुन्छ भने काठमाडौ महानगरलाई गाली गरेर तपाइले न्याय पाउनु हुन्न । तपाइकै नेतालाई प्रश्न गर्नु होला, यस्तो कानुन किन बनाइस् भनेर । निकास दे भनेर आफ्नै नेतालाई भन्नु होला ।
अन्त्यमा ,
तपाइँ को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निस्चिन्त रहनुहोस भत्काउनै परे मुआब्जा दिनु पर्छ सरकारले ,५० बर्ष पहिलेको तिनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाइँलाइ दिन नि सक्दैन भत्काउन नि सक्दैन । तपाइँको लागि हामी छ्दै छौ , केन्द्र सरकारलाई दबाब दिनुहोस नियम परिवर्तनको लागि । जब नियम परिवर्तन हुन्छ हामी सोही अनुसार फेरि सुचना जारी गरि हाल्नेछौ त्यतिनजेल कोहि नठ्गियोस भन्ने चाहना मात्र हो हाम्रो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !