१ फाल्गुन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एन्फा महिला लिग : पुलिसले वाग्मतीलाई हरायाे

प्रकाशित मिति :  २३ भाद्र २०८१, आईतवार २०:०१


काठमाडाैं । एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले बाग्मती युथ क्लबलाई पराजित गरेकाे छ ।

ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा पुलिसले वाग्मतीलाई १-० गोलले पराजित गरेकाे हाे । पुलिसका लागि निर्मला उपाध्यायले गोल गरिन् ।

आजकाे जितसँगै ३ खेलबाट ७ अंक जाेडेकाे पुलिस अंक तालिकाको दोस्रो स्थानमा पुगेकाे छ । समान खेलबाट ३ अंक जाेडेकाे वाग्मती अंक तालिकाकाे पाँचौं स्थानमा छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !