२ आश्विन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अमेरिका – भारतको सम्बन्ध खतरामा, चल्याे सित युद्ध

प्रकाशित मिति :  २५ भाद्र २०८१, मंगलवार १३:४४


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री हुँदै गर्दा भारतमा विदेश मन्त्री को  हुने  हाे भन्ने खुब हल्ला खल्ला थियो ।

भारतमा विदेश मन्त्री प्रधानमन्त्री निकटकै राखिने गरिन्छ । अलि कूटनीतिक भूमिका खेल्न सक्ने विदेश मन्त्री भारतमा चयन गरिन्छ ।

मोदीको प्रधानमन्त्रीको दोस्रो कार्यकाल चाहिरहदाँ भारतका लागि सफल विदेश मन्त्री सुषमा स्वराजको निधन भएको थियो ।

उनको निधन पश्चयात भारतमा विदेश मन्त्रीको रुपमा मोदीले एस जयशङ्करलाई चयन गर्नुभएको थियो ।

मोदीको प्रधानमन्त्रीको दोस्रो कार्यकालमा भारतीय विदेश मन्त्री सुषमा स्वराजको निधन भएपछि विदेश मन्त्रीको जिम्मेवारी पाएका एस जय शङ्कर त्यतिबेलाका सफल विदेश मन्त्रीको रुपमा उदाएका थिए । तर अहिले भारतमा असफल जस्तै भएका छन् ।

कारण अमेरिका रहेको पाइएको छ ।

विदेश मन्त्री जयशङ्करलाई असफल बनाउन खुलेआम अमेरिका लागेको बुझिएको छ ।

रुस र युक्रेनको युद्ध चलिरहेको बेला मोदी रुस जानु र अमेरिकाले युक्रेनलाई समर्थन गर्नुले पनि अमेरिका सँग भारतको सम्बन्ध राम्रो नभएको पुष्टि गर्छ ।

तर त्यतिबेला नरेन्द्र मोदी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको निम्तोमा २२औं भारत–रुस शिखर सम्मेलनमा सहभागी हुन  मस्को पुगेका थिए । तर मोदी सँग पुटिनको अमेरिका चिड्याउने कुरा समेत भएको जानकारहरूले बताएका छन् ।

अहिलेका विदेश मन्त्री एस जयशंकरको काधमा आएको भारत अमेरिका सम्वन्ध सुधार नीतिमा जयशंकर पुरै फेल भएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् ।

अमेरिका सँगको भारतको सम्बन्धमा खलल आउने बित्तिकै अमेरिकाले विदेश मन्त्री जय शंकलाई हल्लाउन पुरै बल प्रयोग गरेको छ ।

जयशङ्करलाई विदेश मन्त्रीबाट राजिनामा गर्न बाध्य बनाएर  आफू अनुकुल विदेश मन्त्री  छिराउने दाउँमा अमेरिका छ । तर त्याे असम्भव जस्तै छ । तर पनि अमेरिका निरन्तर लागि परेकाे  समेत बुझिएको छ ।  अहिले नै तत्काल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हल्लाउने कुनै सम्भावना नरहेपछि अहिले अमेरिकाले भारतको विदेशमन्त्री एस जयशङ्करलाई हल्लाउन थालेकाे छ ।

अहिले अमेरिकाले भारत भरी जयशंकर विरुद्द मिडिया समेत उचालेकाे समेत पाइएकाे छ ।

 

मोदीको नीति

अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकी राष्ट्र पति जो बाइडेन सँग पुरै सित युद्ध चलेको छ ।

अमेरिका सँग भारतको सम्बन्ध राम्रो नभएकाले अमेरिका तर्साउनकै लागि तेस्रो पटक प्रधानमन्त्रीको रुपमा आउनुभएको नरेन्द्र मोदीले रुसको यात्रा गर्नुभएको थियो । नभए पुरै असान्त देश रुसमा कार्यक्रम नै पछी सार्न समेत सकिन्थ्याे । तर माेदिले रुस गएर रुसमा फसेका भारतीय नागरिककाे समेत उद्दार गर्नुभएकाे थियाे । त्यतीवेला माेदीकाे भारतमा राम्राे चर्चा समेत चलेकाे थियाे ।

रुस भ्रमणमा मोदी पुटीको के गोप्य कुरा भयो त्यो भने बजारमा आउन बाकी नै छ ।

गत निर्वाचनलाई हेर्दा मोदीको पार्टी भाजपाबाट अन्तिम प्रधानमन्त्रीको रुपमा मोदी छन् । अबकाे चुनाब पछि माेदिकाे पार्टीबाट प्रधानमन्त्री हुने सम्भावना एक दमै न्युन छ ।  किनभने मोदीको पार्टी अलिअलि गर्दै खिइदै गएको छ । भने भारतमा काँग्रेस आई बलियो बन्दै गएको छ । यसले पनि के सकेत गर्छ भने भारतमा अब भाजपा सरकारमा जान धेरै बर्ष कुर्नु पर्ने देखिन्छ । तर मोदीले आफ्नो पार्टीको अस्तित्व जोगाउनकै लागि अमेरिका सँग टाढिएर चीन सँग जोडिन खोजेको हो भन्ने कुरा भारतीय विदेश मन्त्रीको र प्रधानमन्त्री नेरेन्द्र मोदीको गतिविभि हेर्दा सहजै अनुमान  पनि  गर्न सकिन्छ  ।

आजको दिन सम्म भारतमा अमेरिकाको प्रभाव छ । अहिले मोदीले चीन सँग सम्बन्ध सुधार गरेर चिनियाँ लागनीका उद्याेग भारतमा खोलेर औद्योगिक क्रान्ती गर्न खोजेको कुरा बाहिर आएको छ ।

त्यसकाले लागि अहिले मोदीले विदेश मन्त्री एस जयशङ्करलाई पुरै खटाएको बुझिन्छ ।

भारत अहिले बीआरआई बिनाको चिनियाँ लागनी ल्याउन खोज्दछ । तर चीन बीआरआई सहितको लगानी  भारतमा गर्न खाेज्छ ।

यसमा सम्झोता मिले भारतले तुरुन्त अमेरिकालाई धोका दिएर चीन सँग मिल्ने सकेत देखा परेको छ ।

यो कुरा पनि राम्रो सँग बुझेको अमेरिकाले अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई र विदेश मन्त्री एस जयशङ्करलाई पुरै असफल बनाउन भारत लागेको बुझिएको छ ।

अमेरिकाले  नेरेन्द्र मोदी र विदेश मन्त्री एस जयशङ्करलाई हल्लाउन नसके पछि अमेरिकाले अहिले भारतको विभिन्न मिडिया प्रयोग गरेर अफवाह फैलाउने काम गरेको पुष्टी भएको छ ।

आजको दिनमा रुस र चीनको राम्रो सम्बन्ध छ । फेरि रुस र चीन दुबै देशमो सम्बन्ध अमेरिका सग राम्रो छैन । अहिले रुस र चीन पछि भारत पनि यो घटकमा मिल्ले सम्भावना बढेको र चिनियाँ लगानी भारतमा भित्र्याउने खेल वढीरहेको आंकलन गर्न सकिन्छ । अहीलेपनि भारतमा चिनियाँ लगानिका धेरै उद्याेगहरु संचालनमा छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीको आर्का चुनावी एजेन्डा भनेको चीनको लागानी भारत भित्र्याउने हो भनेर समेत जानाकारहरु बताउँछन् । अहिले भारत रुस अनि चिन सँग नजिक भएर चिनियाँ लगानी भारतमा भित्र्याउन भारत लाग्दा अमेरिका सँग  भारतको सम्बन्ध राम्रो नभएको मानिन्छ ।

 

 

 

 


1.5k
Shares

प्रतिक्रिया दिनुहोस !