२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हिंसा शब्द रेकर्डबाट नहटाएपछि प्रतिनिधि सभामा माओवादीको विरोध

प्रकाशित मिति :  २६ भाद्र २०८१, बुधबार १४:३५


काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाकाे बैठक अवरुद्ध गरेकाे छ ।

बुधबारकाे बैठकमा सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नदेखिएकाले रेकर्डबाट हटाउनु नपर्ने निर्णय सुनाएपछि माओवादी सांसद्ले बैठक अवरुद्ध गरेका हुन् ।

भदौ १२ गते नेकपा एमालेका सांसद् योगेश भट्टराईले बाेल्ने क्रममा प्रयाेग गरेकाे हिंसात्मक शब्द असंदीय नदेखिएकाले रेकर्डबाट नहटाउने निर्णय सभामुखले जानकारी गराउनुभयाे ।

सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको बताउनुभयाे । त्यसपछि सभामुखले एमाले नेता रघुजी पन्तलाई बोल्न समय दिनुभयाे । पन्तले हिंसा शब्द कुनै पनि ढंगले असंसदीय नभएकाले यसमा नअल्झिन आग्रह गर्नुभयाे ।

पन्तले बोलेपछि पुनः माओवादी सांसद् माधव सापकोटाले बोल्न समय माग्नुभएकाे थियाे । सभामुखले यस विषयमा वादविवाद नगरौं भन्दै बोल्न समय दिनुभएन । त्यसपछि माओवादी माओवादी सांसद्ले उठेर विराेध गरिरहेका छन् ।

साेही विषयलाई लिएर अहिले एमाले र माओवादीका सांसद्‍बीच बैठकमा भनाभन चलिरहेकाे छ । सभामुखकाे निर्देशन सांसद्हरुले अटेर गरिरहेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !