८ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

असोज ५ गतेदेखि नेपाली सेना र चिनियाँ सेनाबीच सैन्य अभ्यास हुने

प्रकाशित मिति :  २६ भाद्र २०८१, बुधबार १५:०४


काठमाडौं । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ ।

नेपाली र चिनियाँ सेनाबीच असोज ५ गतेदेखि सैन्य अभ्यास हुन लागेको हो ।

चीनको सिचुवान प्रान्तस्थित छोङछिङमा हुने सो सैन्य अभ्यास असोज १५ गतेसम्म चल्ने बताइएको छ । यो नेपाल–चीन संयुक्त सैन्य अभ्यासको चौथो संस्करण हो ।

कोभिड–१९ संक्रमणको जोखिमका २०७६ (सन् २०१९) पछि दुई मुलुकका सैनिकबीच अभ्यास हुन सकेको थिएन ।

२०७४ देखि दुई देशका सेनाले सैन्य अभ्यास गर्दै आएका छन् । २०७४ वैशाखमा काठमाडौंमा पहिलोपटक नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास भएको थियो । सैन्य अभ्यासको दोस्रो संस्करण २०७५ मा चीनको छेन्दुमा भएको थियो । चौथो संस्करण सन् २०१९ मा काठमाडौंमा भएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !