२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राप्रपा नेपालको ’वृहत् भेला’ असोज ४ मा

प्रकाशित मिति :  २६ भाद्र २०८१, बुधबार १५:२१


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आगामि असोज ४ गते वृहत भेलाको आयोजना गर्ने भएको छ ।

बुधबार पार्टी कार्यलय धुम्बाराहीमा बसेको राप्रपा नेपाल काठमाडौं जिल्ला कार्य समितिको प्रशिक्षण समिक्षा बैठकपछि पार्टीका अध्यक्ष कमल थापाले असोज चार गते वृहत भेलाको आयोजना गर्न लागेको जानकारी दिनुभयाे ।

वृहत भेलाको माध्यमबाट पार्टीले आर्जन गरेको शक्तिको साथसाथै आगामि दिनमा पार्टीले गर्ने कार्यक्रमका बारेमा पनि स्पष्ट सन्देश दिने उहाँले बताउनुभयाे ।

उहाँले भन्नुभयाे,‘ अहिले हामीले सडक कार्यक्रम गर्नुभन्दा सभा हलमा नै अझ बढि भव्यताकासाथ गर्नु उपयुक्त हुने भएकाले आउने असोज ४ गते नवदुर्गा पार्टी प्यालेसमा १ बजे भव्य वृहत भेलाको आयोजना गर्दैछौं । त्यो भेलामा प्रशिक्षणमा सहभागी सबैजना उपस्थित हुनुपर्ने छ ।

वृहत भेलाको माध्यमबाट हामीले पार्टीले आर्जन गरेको शक्तिको साथसाथै आगामि दिनमा हामीले गर्ने कार्यक्रमका बारेमा पनि स्पष्ट सन्देश दिनेछौं ।’

उहाँले भविष्यमा हिन्दु राष्ट्र पुनस्थापना गर्ने र पार्टीलाई देशको बलियो शक्तिको रुपमा स्थापित गर्ने लक्ष्य राखेको भन्दै त्यो लक्ष्य प्राप्तीको निमित्त प्रशिक्षण एउटा महत्वपूर्ण कोशेढुङ्गाको रुपमा रहेको विश्वास व्यक्त गर्नुभयाे ।

उहाँले भन्नुभयाे,‘हामीले भविष्यमा जसरी आन्दोलन गर्ने ,हिन्दु राष्ट्र पुनस्थापना गर्ने र राप्रपा नेपालललाई देशको एउटा बलियो शक्तिको रुपमा स्थापित गर्ने लक्ष्य लिएका छौं । त्यो लक्ष्य प्राप्तीको निमित्त यो प्रशिक्षण एउटा महत्वपूर्ण कोशेढुङ्गाको रुपमा रहेको मैले पाएको छु ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !