३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विदेशबाट नेपाल कस्तो गहना कति ल्याँउदा भन्सार लाग्दैन बुझौँ

प्रकाशित मिति :  २६ भाद्र २०८१, बुधबार १६:०६


काठमाडौं । नेपालीले विदेशमा काम गरेर फर्कँदा कति सम्म र कस्तो सुन ल्याउन पाउने भनेर नियम बनेपनि आम मानिस अलमलमा पर्ने गरेको पाइएको छ ।

पुरुषको हकमा २५ ग्राम सम्म र महिलाको हकमा ५० ग्राम सम्म सुन विदेशबाट राजश्व नतिरी ल्याउन पाउने व्यवस्था सरकारले गरेको छ ।

तर सूचनाको राम्रो जानकारी नहुदाँ पुरुषले २५ ग्राम र महिलाले ५० ग्राम सुन ल्याँउदा विमानस्थलमा राजश्व तिर्नु पर्ने भएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार रसायन प्रयोग भएको गहना मात्र विना राजश्व ल्याउन पाउने हो ।

रसायन प्रयोग नभइ बनाइकन गहनाको आकार दिइएका गहनालाई भने गहना नमान्ने पनि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

तर धेरै नागरिकले अहिले पुरा सूचना नपढी रसायन विनाको गहना ल्याउँदा भन्सार तिर्नु परेको छ ।

पुरुषले २५ ग्राम र महिलाले ५० ग्राम गहना लगाएर विना राजश्व ल्याउन पाउने र त्यो बाहेक थप २०० ग्राम गहना राजस्व तिरी ल्याउन पाउने व्यवस्था छ ।

 


565
Shares

प्रतिक्रिया दिनुहोस !