२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादी केन्द्र मधेश प्रदेशको बैठक सम्पन्न

प्रकाशित मिति :  २६ भाद्र २०८१, बुधबार १६:१०


महोत्तरी । नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक बुधबार सकिएको छ । दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको बैठक पार्टीका केन्द्रीय पदाधिकारीले सम्बोधन गरेपछि सकिएको हो ।

बैठक समापनमा गर्दै अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले सम्बोधन गरेका थिए । बैठकमा हिजो ४६ जना र आज थप दुई जना गरी ४८ जना सहभागीले बोलेका थिए ।

बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको थियो । पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ ।

माओवादी केन्द्रले मधेश प्रदेशसँगै भूगोलका सातवटै प्रदेशको बैठक सम्पन्न गरेको छ । यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १ तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।

अब सल्लाहकार समिति, ज्येष्ठ कम्युनिष्ट मञ्च र प्रवास प्रदेशको बैठक सकेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय समिति बैठकपछि संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रको तयारी छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !