२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माग पूरा गर्न सरकार सहमत भयाे भन्दै केदार कार्कीले तोड्नुभयाे अनशन

प्रकाशित मिति :  २७ भाद्र २०८१, बिहीबार ०८:५३


काठमाडाैं । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन तोड्नुभएकाे छ ।

सरकारसँगको सहमतिपछि कार्कीले ४२ दिने शिशुको हातबाट जुस पिउँदै बुधबार साँझ अनशन तोड्नुभएकाे हाे ।

आफ्नो कार्यकालमा थालिएका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार लगायत याेजना वर्तमान सरकारले हटाएकाे भन्दै कार्कीले मंगलबारदेखि विराटनगरमा अनशन थाल्नुभएकाे थियाे ।

अनशन ताेडेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आफ्ना माग पूरा गर्न सरकार सहमत भएकाले अनशन तोडेको बताउनुभयाे । सरकारले सहमति कार्यान्वयन गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयाे । आमरण अनशन बस्दा सहयोग र समर्थन गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयाे ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !