२ आश्विन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीन नेपाल मैत्री औद्योगिक पार्कको काम तुरुन्त थाल्न प्रधानमन्त्रीलाई एक युवाको आग्रह

प्रकाशित मिति :  २८ भाद्र २०८१, शुक्रबार १७:५२


-प्रदिप तिमल्सिना-

काठमाडौं । देशमा उद्योग कलकारखाना धेरै भन्दा धेरै हुनुपर्छ । धेरै नेपालीले स्वदेशमै काम गर्नु पर्छ त्यसमा सरकारले धेरै ध्यान दिनुपर्छ ।

आज नेपालको युवा जनसङ्ख्या धेरै भन्दा धेरै विदेश गइरहेका छन् । चाहे त्यो पढ्न होस् या चाहे त्यो काम गर्न ।

यसरी युवा पुस्ता विदेश गइरहँदा भविष्यमा नेपाल कस्तो बन्नला त  भविष्यको नेपालको बारेमा हामिले केही त सोच्नै पर्छ ।  यस्तै अवस्था रहिरहने हो भने भविष्यको नेपाल कल्पना गर्न पनि सकिदैन ।

अहिले नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ । उहाँले  देशलाई औद्योगिक क्रान्तिको बाटोमा लगेर युवा पुस्तालाई नेपालमै रोक्ने वातावरण सृजना गर्नुपर्छ ।

पहिलो पटक प्रधानमन्त्री रहदाँ केपी शर्मा ओलीको स्वागत गर्न योग्य धेरै कामहरू भएका थिए ।  त्यसमा नेपालको सातै वटा प्रदेशमा एउटा एउटा विशाल औद्योगिक पार्क स्थापना गर्ने भनेर समेत उहाँले बोल्नु भएको थियो । कतिको त उहाँले शिलान्यास समेत गर्नुभएको थियो ।

आज नेपालमा उद्योग कल कारखाना नभएर नेपालमा रोजगारी सृजना  नभएको कुरा छर्लङ्ग भएको छ । यदि नेपालमा प्रशस्त उद्योग धन्दा हुन्थ्यो भने विभिन्न उद्योगधन्दा भएको मुलुकमा किन नेपालीहरू मरिहत्तै  गरेर जान्थे त?

अरबको तातो ठाँउको उद्योगमा किन नेपालीहरू काम गर्न विदेशिने थिए । त्यो किन भयो भन्दा नेपालीहरूको लागि आवश्यक मात्रामा कलकारखाना नभएर भएको हो  ।

नेपालमा एसियाकै नमूना नेपालकै ठूलो भनिएको चीन नेपाल मैत्री  औद्योगिक पार्कको समेत शिलान्यास भएर काम अघि बढ्न सकेको छैन । उक्त पार्कको लागि भनेर स्थानीयले सुलभ दरमा दिएको जग्गाको समेत कुनै काम नलाग्ने गरि यतिकै बसिरहेको छ ।  उक्त ठाँउ फेरि प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्ला र उहाँकै निर्वाचन क्षेत्र हो ।

त्यो पार्क नेपालमा बन्दा धेरै भन्दा धेरै नेपालीहरूले स्वदेशमै रोजगारी पाउथेँ । विभिन्न दक्ष युवाहरू नेपालमै रोकिन्थे । तर विभिन्न बाधा अडचन देखाउदै त्यो पार्क बन्न सकिरहेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको स्तम्भ केपी शर्मा ओलीलाई कुरेर मात्र बसिरहेको छ ।

उक्त चीन नेपाल मैत्री औद्योगिक पार्क बन्न नदिन आफूलाई निकै विद्वान हु भन्ने विभिन्न व्यक्तिले मानिस उचालेर भड्काउने प्रयास समेत गरेका थिए ।

म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई के भन्न चाहन्छु  भने झापाको चीन नेपाल मैत्री औद्योगिक पार्कको काम तुरुन्त सुरु गर्नु पर्छ र अन्य छ वटा प्रदेशमा पनि सोही अनुसारको औद्योगिक पार्कको काम अघि बढाएर देशमा युवा विद्यार्थी रोक्नु हुनु हार्दिक अनुरोध गर्दछु ।

अर्को कुरा नेपालमा एक थरी मानिस छन् उहाँहरु नेपालको भन्दा छिमेकी देशको उन्नती प्रगतिमा रमाउँछन् । मेरो विचारमा उनीहरुनै नेपालका विकास विरोधी हुन् भनेर घोषणा मात्र हुनु बाकी छ । त्यस्ता तत्वहरुको कुरा नसुनी सरकारले नेपालमा तुरुन्त औद्योगिक क्रान्तिको निति लिनुपर्छ ।

 


5.3k
Shares

प्रतिक्रिया दिनुहोस !