८ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनको संस्कृति, पर्यटन उद्योगको प्रदर्शनीमा दुई हजार बढी उद्यम सहभागी

प्रकाशित मिति :  २९ भाद्र २०८१, शनिबार १२:३३


चीनको तियान्जिन नगरपालिकामा शुक्रबार २०२४ चिनियाँ संस्कृति र पर्यठन उद्योग प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा दुई हजारभन्दा बढी संस्कृति र पर्यटन उद्यमको सहभागिता रहेको छ ।
    संस्कृति तथा पर्यटन मन्त्रालयले आयोजना गरेको चारदिने कार्यक्रमको उद्देश्य चीनको संस्कृति र पर्यटन उद्योगको जीवन्तता प्रदर्शन गर्ने र त्यस्ता उद्योगहरूको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्ने रहेको छ ।
    प्रदर्शनीमा नौ मुख्य प्रदर्शनी हल छन् । कुल प्रदर्शनी क्षेत्रले एक लाख ५० हजार वर्गमिटर समेटेको छ ।
संस्कृति तथा पर्यटनउपमन्त्री डु जियाङले यस वर्षको सुरुदेखि नै चीनको सांस्कृतिक उद्योग निरन्तर फस्टाएको र पर्यटन उद्योगले मजबुजीवन्तता देखाउँदै रोजगारी स्थिरता, उपभोग र आदानप्रदानको प्रवर्द्धनमा सकारात्मक भूमिका खेलेको बताउनुभयो ।
    नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्सका अनुसार चीनको सांस्कृतिक क्षेत्रले यस वर्षको पहिलो छ महिनामा स्थिर राजस्व वृद्धिलाई निरन्तरता दिएको छ । यस क्षेत्रका प्रमुख कम्पनीहरूको संयुक्त परिचालन राजस्व एच–१ मा झण्डै ६५ खर्ब युआन पुगेको छ । यो वार्षिक आधारमा सात दशमलव पाँच प्रतिशतले बढेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !