२ आश्विन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पीएसजीको पुनरागमन जीत

प्रकाशित मिति :  ३० भाद्र २०८१, आईतवार ०८:१५


काठमाडौं । पेरिस सेन्ट जर्मेइन पीएसजीले फ्रेन्च लिग वानमा अपराजित यात्रा कायमै राखेको छ ।

शनिबार राति भएको खेलमा पीएसजी ब्रेस्टसँग १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै ३–१ गोलको पुनरागमन जीत दर्ता गरेको हो ।

पीएसजीको जीतमा ओस्मान डेम्बेलेले २ गोल गर्दा फाबियन रुइजले एक गोल थपे । ब्रेस्टका रोमियन डेल कास्टिलोले पेनाल्टीमार्फत २९ औं मिनेटमा अग्रता दिलाएका थिए ।

४२ औं मिनेटमा मार्को एसेन्सोका पासमा डेम्बेलेले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याएका थिए । ७३ औं मिनटमा अचरफ हकिमीको पासमा फावियन रुइजले गोल गरेपछि पीएसजी २–१ ले अघि बढेको थियो । लगत्तै अर्को मिनेटमा डेम्बेलेले गोल गरेपछि पीएसजी अन्ततः ३–१ को जीत निकाल्दै जारी सिजनमा अपराजित यात्रा कायमै राख्न सफल भयो । पीएसजीले ४ खेलबाट १२ अंक जोडेको छ । ब्रेस्ट भने समान खेलबाट ३ अंकका साथ तालिकाको १२ औं स्थानमा छ ।

फ्रेन्च लिगकै अन्य खेलमा मोनाकोले एक्सुरेलाई ३–० गोल अन्तरले पराजित गरेको छ । यस्तै, मार्सेले नाइसलाई २–०ले स्तब्ध बनाएको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !