९ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गिरीबन्धुकै मुद्दा उठाउँदा सत्ताबाट हट्नु पर्याे : प्रचण्ड

प्रकाशित मिति :  ३० भाद्र २०८१, आईतवार १२:१८


काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धुकै मुद्दा उठाउँदा सत्ताबाट हट्नु परेको बताएका छन् ।

झापाको बिर्तामोडमा बसपार्क समन्वय समितिको ध्यानाकर्षण पत्र बुझ्दै दाहालले सर्वोच्च अदालतले गिरीबन्धुको स्वामित्वमा रहेको ३ सय ४३ बिगाहा जमिनको सट्टा पट्टा गर्न दिने निर्णय उल्टाएको विषय उठाउँदा आफ्नो प्रधानमन्त्री पद नै गएको बताउनुभयो ।

सो मुद्दाको पूर्णपाठमा २०६१ सालमा सट्टा पट्टा दिने निर्णय गरिएको सुदर्शन गिरीको स्वामित्वको ५१ बिगाहा जमिनलाई पनि गिरीबन्धुकै जमिनका रूपमा गणना गर्नु भन्ने उल्लेख भएको उहाँले बताउनुभयो । अदालतको सो आदेशपछि तत्कालीन अवस्थामा किनबेच भएको सो जमिनको कारोबारमा मालपोत कार्यालयले रोक लगाएको छ ।

जमिनको कारोबारमा रोक लगाएपछि त्यहाँ रहेका ५ सयभन्दा बढी घरधुरी अन्योलमा परेका विषयमा आफू जानकार रहेको उहाँले बताउनुभयो ।

मन्त्रीस्तरबाट निर्णय भएर लामो समयदेखि कारोबार भइरहेको सो जमिनको विषयमा उत्पन्न अन्यौलता अन्त्य गर्न माग गर्दै प्रचण्डको उनीहरूले प्रचण्डलाई ध्यानाकर्षण गराएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रचण्डले बिर्तामोड बसपार्कको जमिनमा उत्पन्न समस्याको बारेमा आफूलाई राम्रो जानकारी रहेको बताउनुभयो । समस्या समाधानका लागि आफू सकारात्मक रहेको पनि दाहालले बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !