प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट
प्रकाशित मिति : ३० भाद्र २०८१, आईतवार १६:१२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले बिदाइ भेट गर्नुभएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरा गरि आपसी सम्बन्धमा योगदान दिएकोमा राजदूतलाई धन्यवाद दिनुभयाे ।
भेटमा दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । यस्तै दुवै देशमा आ–आफ्ना दूतावास खोल्न प्रस्ताव भएको थियो । भेटका अवसरमा नेपालका लागि रोमानियाका मानार्थ वाणिज्य दूत नारायण बजाज, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको सहभागी थियो ।
0
Shares