४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रकाशित मिति :  ३१ भाद्र २०८१, सोमबार १२:०५


काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ ।
महसङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार तीन सय निर्धारण भएकाे छ जबकी आइतबार प्रतितोला एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय १५ निर्धारण भएको छ ।
-रासस


113
Shares

प्रतिक्रिया दिनुहोस !