२ आश्विन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गोर्खा मिडियाले ६५ करोड सहकारीको रुपैयाँ अपचलन गरेको ठहर, रवि लामिछाने कारवाहीको भागिदार

प्रकाशित मिति :  ३१ भाद्र २०८१, सोमबार १७:१०


काठमाडौं । आज बसेको संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियाले अपचलन गरेको निष्कर्ष निकालेको छ ।

यो सँगै गोर्खाका तत्कालिन प्रबन्त्र निर्देशक रवि लामिछानेलाई कारवाही गर्न पनि समितिले सिफारिस गरेको छ ।
आज प्रतिनिधिसभाको बसेको बैठकमा समिति सभापति सूर्य थापाले प्रतिवेदन पेश गर्नु भएको थियो ।
समितिका सभापति सूर्य थापाले पेश गरेको प्रतिवेदनमा सभामुख देवराज घिमिरेले आवश्यक कार्यान्वयनका लागि सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिनुभएको छ । यो सँगै रवि लागिछानेपनि कारवाहीको भागीदार हुनुहुने भएको छ ।

२०८० फागुन मा रवि लामिछाने प्रचण्ड सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री भएपछि नेपाली कांग्रेसले सहकारीको मुद्दा उठाएको थियो । यो सँगै कााङ्ग्रेसले कैयन पटक संसद अबरोध पनि गरेको थियो । लगातार संसद अबरोध भएपछि १५ जेठमा संसदिय छानबिन समिति बनेको थियो ।


339
Shares

प्रतिक्रिया दिनुहोस !