३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बैंकहरु धमाधम नाफामा जादै

प्रकाशित मिति :  २ आश्विन २०८१, बुधबार १२:५६


काठमाडौं । कोरोना पछि विग्रदै गएको नेपालको वित्तिय अबस्थामा धेरै सुधार आउन थालेको देखिएको छ ।
गत श्रावण महिनाको तथ्याङ्क हेर्दा बैंकहरुको अबस्था सुधारउन्मुख देखिएको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको यस चालु आर्थिक बर्षको पहिलो महिना श्राबणको तथ्याँक अनुसार वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको साउनको तुलनामा ७.६ प्रतिशतले नाफा बढाएका छन् ।

नेपाल राष्ट्र बैंकका तथ्याँक अनुसर १३ वटा बाणिज्य बैंकले नाफा बढाएका छन् भने ७ वटा वाणिज्य बैंकको नाफा घटेको छ ।

राष्ट्र बैंकको तथ्याँक अनुसार साउन महिनामा कृषि विकास बैंकले सबैभन्दा धेरै नाफा बढाएको छ । गत आर्थिक वर्षको पहिलो महिनामा ३३ करोड १६ लाख नाफा बढाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ७१ करोड २० लाख रुपैयाँ नाफा बढाएको छ । जुन पहिलाको तुलनामा ११४ प्रतिशत धेरै हो । यो सँगै कृषि विकास बैंक धेरै नाफा बढाउने बैंको सूचीमा छ ।

कृषि विकास बैंक पछि धेरै नाफा बढाउनेमा नेपाल एसविआई बैंक रहेको छ । यस बैंकले १०७ प्रतिशतले नाफा बढाएको छ ।

नेपाल एसविआई बैंक पछि भने प्रभु बैक नाफा बढाउने बैंकको सूचीमा तेस्रो नंवरमा छ । यस बैंकले ७९ प्रतिशतले नाफा बढाएको छ ।

यसै गरि सानिमा बैंक चौथौ नंवरमा छ यस बैंकले ले ५१ प्रतिशतले आफ्नो नाफा बढाउन सक्षम भएको छ ।

र नाफा बढाउने बैंकको लिष्टमा सबैभन्दा थोरै नाफा बढाएर बैंक सिटिजन्स बैंक रहेको छ । यस बैंकले ३८ प्रतिशतले बढाएका छ ।

यता नेपाल बैंकको नाफा सबैभन्दा धेरै ३७ प्रतिशतले घटेको छ भने एनआइसी एशिया बैंकको ३० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २२ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको १९ प्रतिशतले घटेको छ।

चालु श्रावण महिनाको तथ्याङ्कलार्य हेर्दा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । बैंकले ८९ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ। यद्यपि यो गत आर्थिक वर्षको तुलनामा १० प्रतिशतले कम हो।

यसअघि सबैभन्दा धेरै नाफा कमाउँदै आएको नबिल बैंक भने साउन महिनाको नाफाका आधारमा दोस्रो नंवरमा परेको छ । साउन महिनामा बैंकले ८० करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै कृषि विकास बैंकले ७१ करोड नाफा कमाउँदा, हिमालयन बैंकले ५८ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७ करोड, प्रभु बैंकले ५३ करोड, प्राइम र कुमारी बैंकले ५० करोड नाफा कमाएका छन् ।

यसै गरि आगामी दिनमा अर्थतन्त्र चलायमान हुँदै जाने हो भने बैंकहरुको नाफा थप बढ्दै जाने र आगामी वर्ष राम्रो लाभांश बाँड्न सक्ने स्थितिमा बैंकहरु पुग्ने जानाकाहरु बताउँछन् ।


678
Shares

प्रतिक्रिया दिनुहोस !