३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतले चामल र प्याजमा लगाउँदै आएको न्यूनतम निर्यात मूल्य हटाउने

प्रकाशित मिति :  ३ आश्विन २०८१, बिहीबार १२:५३


काठमाडौं । भरतले चामल र प्याजमा लागाउँदै आएको न्यूनतम निर्यात मूल्य (एमईपी ) हटाउने तयारी गरेको छ ।

चाडपर्वलाई लक्षित गरेर लगाउँदै आएको न्यूनतम निर्यात मूलय भारतले हटाउने तयारी गरेको हो ।

यो सँगै भारत सरकारले चामल निर्यातामा लगाएको प्रतिबन्धबारे पनि पुर्नविचार गर्न सक्ने भारतिय सञ्चार माध्ययमहरुले बताएका छन् ।

भारतमै चामलको व्यापक मूल्य बृद्धि हुनु थाले पछि गत बर्ष देखी चामल निर्यातमा पूर्ण रुपमा प्रतिवन्ध गरेको थियो ।

यो वर्ष भारतमा धेरै धान उत्पादन हुने अनुमान छ । भारतिय सञ्चारमाध्यमका अनुसार यो वर्ष धेरै धान भारतमा उत्पादन हुन्छ ।

धान सँगै भारत सरकारले सरकारले प्याजको निर्यात शुल्क पनि ४० प्रतिशतबाट घटाएर २० प्रतिशत कायम गरेको छ । बैंगलोर गुलाब प्याजमा भने निर्यात शुल्क नलाग्ने भारत सरकारले बताएको छ ।

अब यो सँगै नेपालमा चामलको मूल्य व्यापारीले चलखेल नगरेको खण्डमा सस्तो हुने छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !