२६ पुष २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एसिक कन्फरेन्स आज देखि सुरु हुदै

प्रकाशित मिति :  ४ आश्विन २०८१, शुक्रबार १६:३२


काठमाडौं । यस अघि मङ्गोलियामा भएको एसियाली देशका सुरक्षण स्ंस्थाहरुको सम्मेलन (एसिक कन्फरेन्स) शुक्रबारदेखि काठमाडौंमा हुने भएको छ ।

उक्त सम्मेलनमा विभिन्न १६ वटा देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायहरूको भेला हुने भएको हो ।

यो सम्मेलन यस अघि ३० बर्ष पहिले नेपालमा भएको थियो । अहिले यो देस्रो पटक हो ।

यो सम्मेलन काठमाडौंको होटल सोल्टीमा हुने भनिएको छ । अहिले हुन लागेको सम्मेलन ३६ औं एसिक सम्मेलन हो ।

निक्षेप तथा कर्जा सुरक्षण कोषकोे ५१औं वार्षिकोत्सव एवं एसिक सम्मेलनको एकैपटक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलन पाँच दिन सम्म सञ्चालन हुनेछ । निक्षेप तथा कर्जा सुरक्षण कोष एसिक सम्मेलनको आयोजक हो ।

यस सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण निकायहरूले आ–आफ्ना देशको अनुभवसहित यस क्षेत्रका विषयमा विभिन्न प्रकारको छलफल हुनेछ ।

उक्त सम्मेलनमा क्षमतावान व्यक्तिले आफ्नो सोच पनि धितोमा राखेर कर्जा लिन पाउने विषयमा समेत छलफल गर्ने जनाईएको छ ।

सम्मेलनमा नेपालसहित, फिलिपिन्स, ताईवान,दक्षिण कोरिया, भारत, मलेसिया, इन्डोनेसिया, जापानसहित १६ मुलुकका सुरक्षण संस्थाको सहभागिता रहनेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !