दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे
प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार ०९:०९
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुक्रबार विज्ञप्ति जारी गरी दसैँको टीका ग्रहण गर्ने उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको जानकारी दिएको छ । समितिले देवीको टीकाप्रसाद लगाउन सामान्यतया कुनै साइत कुर्न आवश्यक नरहेको पनि प्रष्ट पारेको छ ।
घटस्थापनाको साइत असोज १७ गते बिहान ९ः१६ बजे रहेको पनि समितिले जानकारी दिएको छ । फूलपातीको साइत असोज २४ गते बिहान ७ः११ बजे रहेको छ भने विजयादशमीको देवी विसर्जन बिहान ८ः३३ बजे रहेको छ ।
0
Shares