५ आश्विन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत् अवरूद्ध हुने

प्रकाशित मिति :  ५ आश्विन २०८१, शनिबार ०९:१७


काठमाडाैं । काठमाडौंको विभिन्न ठाउँमा शनिबार विद्युत अवरूद्ध हुने भएको छ।

कन्डक्टर अपग्रेड र आउटगोइङ केबल हेड मेन्टिनेन्स कामका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएकाे छ ।

रत्नपार्क वितरण केन्द्रको सिंहदरबार फिडर, बूढानीलकण्ठ वितरण केन्द्रको शिवपुरी फिडर, गणेस्थान फिडर र तारेभीर फिडरबाट वितरित ठाउँमा केही समय विद्युत अवरूद्ध हुनेछ । सिंहदरबार फिडर अन्तर्गत पर्ने सिंहदरबार परिसरभित्रका सम्पूर्ण मन्त्रालय, दक्षिण गेटबाहिर जिल्ला समन्वय समिति क्षेत्रमा मध्याह्न १२ बजेदेखि ३ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ ।

बुढानीलकण्ठ वितरण केन्द्र अन्तर्गत पर्ने डाडागाउँ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटार, भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुवर कोलोनी, मनकामना टोल, ग्रीनल्याण्ड चोक, मुहानपोखरी, तारेभीर, ताउलुङ, नारायणथान, टुसाल, रूद्रेश्वर चोक, चपली लगायत क्षेत्रमा बिहान १०:३० मध्याह्न १२ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ ।

काम चाँडै सकिए ताेकिए भन्दा अगाडि नै विद्युत आउने पनि प्राधिकरणले जनाएकाे छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !