२९ माघ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

दशैंका लागि असाेज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

प्रकाशित मिति :  ६ आश्विन २०८१, आईतवार ११:४६


काठमाडाैं । दशैं-तिहारका लागि असोज १२ गतेदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच शनिवार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

बैठकले सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापनाअगावै मर्मत सम्भार गर्न निर्देशन दिने लगायत ७ बुँदे निर्णय पनि गरेकाे छ ।  बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय बैठकले गरेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात मन्त्रालय र गृह मन्त्रालयमा छलफल भएको र अब एक-दुई दिनमा यातायात व्यवस्था विभागसँग बैठक गरेपछि अग्रिम टिकट खुला हुने जानकारी दिनुभयाे ।

सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यस्थापन गरिने निर्णय भएकाे छ । वैज्ञानिक भाडा समायोजन विगत ३ वर्षदेखि नभएकाले छठ पर्वको एक हप्तापछि समायोजन गरिने निर्णय भएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !