९ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुर्गा प्रसाईं कानुन भन्दा माथि हाे र?

प्रकाशित मिति :  ७ आश्विन २०८१, सोमबार ११:५९


काठमाडौं । हिजोका दिन सम्म पनि कानुन सबैको लागि समान हुनुपर्छ भनेर हामी भन्दै आएका थियौ । हामी यो पनि भन्दै आएका थियौ कि कानुन जनताको लागि मात्र भयो कानुन ठूलोबडा नेताको लागि कहिल्यै भएन भनेर ।

तर आज केही मानिसहरू अहिले दुर्गा प्रसाईँ पक्राउ परेकोमा विरोध गरिरहेका छन् । तिनै दुर्गा प्रसाईं हिजोको दिनमा कानुन सर्वहारा जनताको पक्षमा भएन भनेर उफ्रने मानिस हुन् । अहिले कानुले सबै जनतालाई समान देखेर दुर्गा प्रसाईंलाई अनुसन्धानको लागि पक्राउ गर्दा अहिले उनको समर्थकहरुले पुरै विरोध गरिराखेका छन् । स्वयम् दुर्गा प्रसाईंले पनि भनिराखेका छन् अब म चुपो लागेर बस्दिनँ

हिजो उनलाई साईवर अपराधको आरोपमा प्रहरीले उनको घरबाटै पक्राउ गरेको थियो ।

कानुन भनेको हिजो तपाईं हामीले भनेको जस्तै सबैलाई बराबर हुनै पर्छ । कानुनको अनभिज्ञता क्षम्य हुदैन

धेरैलाई थाहा छ दुर्गा प्रसाईको मुख कस्तो छ भनेर । धेरैलाई थाहा छ दुर्गा प्रसाईंलाई लागेको आरोप रवि लामिछाने लाई लागेको हैन भन्ने कुरा । तपाई हामी धेरैलाई थाहा छ दुर्गा प्रसाईको मुखबाट निस्केको अपशब्द अर्थात जसलाई जे मन लाग्यो तेही बोल्ने गरेका कारण उनी पक्राउ परेका हुन् भनेर ।

दुर्गा प्रसाईँले जस्तो तपाईंहामीलाई बोल्दा हामी तुरुन्त पक्राउ पर्नु हुने र दुर्गा प्रसाईं चाही पक्राउ पर्नु नहुने केही कारण छ र ?

अहिले जुन आरोपमा दुर्गा प्रसाईं पक्राउ परेका छन् त्यस्ता आरोप त दुर्गा प्रसाईंलाई कैयन लागेका छन् । हामीले अपशब्द ठान्ने बोलीत उहाँको मुखमानै झुण्डिएको छ । अर्थात उहाँले. बारम्बार बोल्ने गरेको अपशब्द त उहाँको थेगो नै हो ।

तपाई हामीले यस्तो बोलेको भए तुरुन्त पक्राउ खानु पर्ने र दुर्गा प्रसाईंले बोल्दा चाही पक्रनु नहुने हो र दर्शकविन । कि दुर्गा प्रसाईं कानुन भन्दा माथि हुन् ।

अहिले दुर्गा प्रसाईंलाई पक्राउ गरेर लगिएको भनेको अनुसन्धानको लागि हो । उनी निर्दाेष भए पक्कै छुट्ने छन् । उनी दोषी भए थप कारवाही होला । यसमा हामी आत्तिनु पर्ने के छ र।

हामीले पनि बुझ्नु पर्ने कुरा भनेका कानुन सबैको लागि बराबर हो । तपाई हामीले केही गर्न साथ पक्राउ खानु पर्ने दुर्गा प्रसाईं जस्ता जे मन लाग्यो त्यही बोल्ने मानिस पक्राउ खादा हामी आफैले किन पक्रेको हो भनेर दुर्गा प्रसाईंलाई छुटाउनको लागि सडकमा गएर आन्दोलन गर्नुको कुनै औचित्य रहन्छ जस्तो मलाई लाग्दैन ।

त्यसैले हामी सोची विचार गरेमा मात्र कुनै पनि कुरामा निणर्य गर्ने गरौँ । जसले जे भन्यो त्यो पत्याएर कहिल्यै नलागौँ । गलत गर्ने मानिस पक्राउ पर्दा गलतको समर्थनमा कहिल्यै हामी नउत्रिउ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !