९ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता

प्रकाशित मिति :  ९ आश्विन २०८१, बुधबार ०८:५४


काठमाडाैं । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच बुधबार बिहान राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको हो । भेटमा दुई देशबीचकाे सम्बन्ध लगायत विविध विषयमा छलफल भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

भेटमा प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा लगायत सहभागी हुनुभएकाे थियाे ।

राष्ट्रसंघ सभामा भाग लिन न्युयाेर्क पुग्नुभएका प्रधानमन्त्री ओलीले साइनलाइन भेटवार्ता पनि गरिरहनुभएकाे छ ।

 


113
Shares

प्रतिक्रिया दिनुहोस !