७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाली वस्तुलाई चीन निर्यातमा शून्य भन्सार दर सुविधा

प्रकाशित मिति :  ९ आश्विन २०८१, बुधबार १७:५१


काठमाडाैं । चीन निर्यात हुने ९८ प्रतिशत कर योग्य वस्तुमा नेपालले शून्य भन्सार सुविधा पाउने भएको छ ।

चीनले नेपालसहित विभिन्न देशलाई शून्य भन्सार सुविधा उपलब्ध गराइने चीनले जनाएकाे छ । सूचीमा समावेश देशले आगामी डिसेम्बर १ देखि यस्तो सुविधा पाउने चीनको भन्सार महसुल आयोगले उल्लेख गरेको छ ।

यही सेप्टेम्बर ५ मा चिनियाँ राष्ट्रपति सी चिन फिङले चीन-अफ्रिका सहयोग मञ्चको बेइजिङ शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बाेधन गर्ने क्रममा चीनले एकतर्फी रूपमा बजार खुला विस्तार गर्न पहल गर्न इच्छुक रहेको र सबै देशलाई अनुदान दिने निर्णय गरेको बताउनुभएकाे थियाे । चीनसँग कूटनीतिक सम्बन्ध भएका ३३ अफ्रिकी देशहरू लगायत अल्पविकसित देशका उत्पादनहरूमा शून्य भन्सार सुविधा उपलब्ध गराउने तयारी चीनले गरेकाे हाे । याेसँगै सुविधा प्राप्त देशमा उत्पादन भएका ९८ प्रतिशत वस्तुको चीन निर्यातबापत भन्सार शुल्क लाग्नेछैन ।


113
Shares

प्रतिक्रिया दिनुहोस !