२९ आश्विन २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओली र बङ्गलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता

प्रकाशित मिति :  १० आश्विन २०८१, बिहीबार १०:१३


न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने सिलसिलमा यहाँ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा मोहम्मद युनुसबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उहाँहरुबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।
–रासस


113
Shares

प्रतिक्रिया दिनुहोस !