२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओलीले आज संयुक्त राष्ट्र संघकाे महासभालाई सम्बोधन गर्ने

प्रकाशित मिति :  १० आश्विन २०८१, बिहीबार १८:१९


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र संघको ७९औं महासभालाई सम्बोधन गर्नुहुने भएकाे छ ।

अमेरिकाकाे न्युयाेर्कमा जारी महासभालाई प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार बिहीबार साँझ ५ बजे सम्बोधन गर्ने कार्यक्रम रहेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित छ ।

प्रधानमन्त्री ओलीले महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा र जलवायु परिवर्तनबाट असुरक्षित फोरमका नेताहरुको बैठकलाई सम्बाेधन गरिसक्नुभएकाे छ । उहाँले महासभाको समिट अफ द फ्युचर सत्रलाई सम्बाेधन गरिसक्नुभएकाे छ । कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा पनि प्रधानमन्त्री ओलीले सम्बाेधन गरिसक्नुभएकाे छ ।

महासभाका दाैरान उहाँले उच्चस्तरीय साइडलाइन भेटवार्ता पनि गर्नुभएकाे छ । प्रधानमन्त्री ओलीले राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस, राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्क,फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टब, सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफा, मिलेनियम च्यालेन्ज कर्पोरेशन च्यालेञ्ज (एमसिसी) का कार्यकारी प्रमुख एलिस म्याकब्राइट, प्रधानमन्त्री ओलीले राष्ट्रसंघको अन्तराष्ट्रिय विकास वित्त निकायका उपकार्यकारी प्रमुख निशा विस्वाल, बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. मुहमद युनुस लगायतसँग भेटवार्ता गर्नुभएकाे छ । उहाँले सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्रमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली पनि गर्नुभएकाे छ ।

महासभामा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा अमेरिकामा छ । साे प्रतिनिधि मण्डलमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि प्रमुख लोकबहादुर थापालगायत सहभागी हुनुहुन्छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !