२७ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाल र चीनबीच सदियाैंदेखि मित्रवत सम्बन्ध छ : राजदूत साेङ

प्रकाशित मिति :  ११ आश्विन २०८१, शुक्रबार ०९:३१


काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले दुई देशबीच सदियौंदेखि मित्रवत सम्बन्ध रहेको बताउनुभएकाे छ ।

दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमले बिहीबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा गरेकाे तेस्राे चीन-नेपाल मिडिया सम्मेलन र नयाँ चीनको स्थापनाको ७५औं वार्षिकोत्सव समारोहलाई सम्बाेधन गर्दै उहाँले दुई देशबीचकाे सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने बताउनुभयाे । हिमाल वारि र पारिका दुई देशबीच पहाड र नदीहरूले जडित सम्बन्ध रहेको पनि राजदूत साेङले बताउनुभयाे ।

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनको तेस्रो पूर्ण बैठकले लागू गरेको सुधारका योजनामा नेपाल जस्ता छिमेकीका लागि धेरै सकारात्मक रहेका उहाँले बताउनुभयाे ।

चीनको सामान, सेवा, पूँजी र श्रम बजारको क्रमिक रूपमा विस्तार गर्नु, सबैभन्दा कम विकसित देशका लागि एकपक्षीय खुला गर्न जारी राख्नु, बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजना कार्यान्वयनलाई निरन्तरता दिनु, हरित विकास, डिजिटल अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता, ऊर्जा, कर, वित्त, र विपत्ति न्यूनीकरणका क्षेत्रहरूमा बहुपक्षीय सहकार्यको प्लेटफर्म निर्माण गर्नु, स्थल, समुद्र, र आकाशको एकीकृत योजना सुधार गर्नु लगायत याेजना साे बैठकले लागू गरेकाे राजदूत साेङले स्मरण गर्नुभयाे । यसबाट नेपाल-चीन हिमालय पारको बहुआयामिक सञ्जाल निर्माणलाई तिब्रता दिन सहयाेग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयाे ।

आगामी दिनमा दुई देशबीच कृषि, उद्योग, व्यापार, डिजिटल प्रविधि, नवीकरणीय ऊर्जा, र पर्यटनका क्षेत्रमा सहकार्य बढ्दै जाने राजदूत साेङले बताउनुभयाे । ‘चीनले अघि सारेका याेजनाले नेपालको विकास र समृद्धिमा टेवा पुर्‍याउनेछन्, दुवै देशका जनतालाई अझ राम्रो फाइदा गर्नेछ’- उहाँले भन्नुभयाे ।

नेपाल-चीन बेल्ट एण्ड रोड इनिसिएटिभ सहयोगले सकारात्मक परिणाम प्राप्त गरेकाे भन्दै राजदूत साेङले ट्रान्स हिमालयन त्रि-आयामिक अन्तरसम्बन्ध सञ्जालले आकार ग्रहण गरिसकेको बताउनुभयाे । नेपाल र चीनबीचकाे सम्बन्ध अझ उचाइमा पुग्ने विश्वास पनि राजदूत साेङले ज्यक्त गर्नुभयाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !