९ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गलत सूचना अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती : सञ्चारमन्त्री गुरुङ

प्रकाशित मिति :  ११ आश्विन २०८१, शुक्रबार ०९:३४


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गलत सूचना, अभिव्यक्ति प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती बन्दै गएको बताउनुभएकाे छ ।

बिहीबार काठमाडौंमा आयोजित तेस्रो चीन-नेपाल मिडिया शिखर सम्मेलनलाई सम्बाेधन गर्दै उहाँले स्वच्छ, जिम्मेवार पत्रकारिताको विकासलाई सरकारले मुख्य उद्देश्यको रुपमा राख्दै पुराना नीति-कानुनलाई परिमार्जन गरी समयसापेक्ष बनाउने काम अगाडि बढाएकाे बताउनुभयाे । सञ्चारमन्त्री गुरुङले भन्नुभयो – ‘कुनै पनि देशमा सन्तुलित विकास र सुशासन स्थापना गर्नका लागि सञ्चार माध्यमहरुले नियमित र सकारात्मक भूमिका निर्वाह गरेको हुन्छ, गलत सूचना, अभिव्यक्ति प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती बन्दै गएको छ, स्वच्छ, जिम्मेवार पात्रकारिताको विकासलाई सरकारले आफ्नो मुख्य उद्देश्यको रुपमा राख्दै पुराना नीति कानुनलाई परिमार्जन गरि समयसापेक्ष कानुन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।’

मिडिया शिखर सम्मेलनले दुई देशका सञ्चारकर्मीलाई ज्ञान आदानप्रदानको अवसर दिएको उहाँले बताउनुभयाे । दुई देशको सम्बन्ध पूर्वाधार र प्रविधिको क्षेत्रमा सहकार्यदेखि संस्कृति, शिक्षा आदान प्रदानसम्म फैलिएको भन्दै सञ्चारमन्त्री गुरुङले यो सम्मेलनले सम्बन्ध विस्तारमा थप सहयोग गर्ने बताउनुभयाे । उहाँले भन्नुभयो – ‘पूर्वाधार र प्रविधिको क्षेत्रमा सहकार्यदेखि संस्कृति र शिक्षा आदान प्रदानसम्म हाम्रो सम्बन्ध फैलिएको छ, दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पुर्‍याउन समय समयमा दुई देशका उच्चस्तरीय भ्रमणहरु भइरहेको छ, आगामी दिनमा पनि यो शिलशिला अगाडि बढ्ने आशा गरेको छु ।’

सम्मेलनले दुई देशका सञ्चारकर्मीका लागि लाभ दिनुको साथै ज्ञान आदानप्रदानको अवसर दिने पनि मन्त्री गुरुङले बताउनुभयाे । उहाँले भन्नुभयाे -‘नेपालका सञ्चार माध्यमहरुबीच सहयोग आदानप्रदानलाई प्रवर्द्धन गर्ने र दुई देशका नागरिकबीचको मित्रतालाई थप प्रगाढ बनाउने उद्देश्यसाथ यो कार्यक्रम आयोजना भइरहेको हुनाले यो आफैंमा एकदमै महत्वपूर्ण छ ।’

चीन सरकारले नेपाललाई जलविद्युत निर्माण, सडक पूर्वाधार निर्माण, भूकम्पपछिको पुननिर्माण, कर्मचारीको क्षमता विकास, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिको विकास र विपद् व्यवस्थापन लगायत क्षेत्रमा निरन्तर रुपमा सहयोग गरिरहेको पनि मन्त्री गुरुङले बताउनुभयो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !