९ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओली र राष्ट्रसंघका अध्यक्ष याङबीच भेट, शान्ति स्थापनामा नेपालको योगदानबारे छलफल

प्रकाशित मिति :  ११ आश्विन २०८१, शुक्रबार ०९:४९


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघको ७९औं महासभाका अध्यक्ष फिलेमोन याङबीच भेटवार्ता भएको छ ।

महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओली र महासभाका अध्यक्ष याङबीच राष्ट्रसंघको मुख्यालयमा शुक्रबार बिहान भेटवार्ता भएकाे हाे ।

भेटमा उहाँहरुबीच नेपालकाे शान्ति प्रक्रिया लगायत विविध विषयमा कुराकानी भएकाे प्रधानमन्त्री ओलीकाे सचिवालयले जनाएकाे छ । आफूहरुबीच जलवायु परिवर्तन, सगरमाथा संवाद र शान्ति स्थापनामा नेपालको योगदानबारे छलफल भएकाे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्‍वीटरमा उल्लेख गर्नुभएकाे छ ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निम्ताे समेत दिनुभएकाे थियाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !