९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादी केन्द्रको एसिया संगठन समितिद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग

प्रकाशित मिति :  १३ आश्विन २०८१, आईतवार १७:५८


काठमाडौं । नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ ।

समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र संगठनका कार्यालय मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक अध्यक्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिए । बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापी रुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिँदै उहाँले प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गर्नुभयाे ।

मानवीय विपदको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै उहाँले पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !