२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हवाई भाडा नियन्त्रण गर : राज्यव्यवस्था तथा सुशासन समिति

प्रकाशित मिति :  १३ आश्विन २०८१, आईतवार १८:५५


काठमाडाैं । प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले हवाई भाडा नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ ।

लगातारकाे वर्षापछि देशका विभिन्न राजमार्ग र सहायक सडक अवरुद्ध भएको मौका छोपेर विमान सेवा कम्पनीहरूले आफूखुशी हवाइ भाडा बढाएकाे भन्दै समितिले भाडा नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएकाे हाे ।

दशैंकाे मुखमा आएकाे विपत्तिले नेपाली जनतामा त्रासकाे वातावरण रहेकाे र देशका विभिन्न ठाउँमा बाढी पहिराेका कारण सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भएकाे समितिका सचिव सुरजकुमार दुराले आइतबार निकाल्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।

यस विकराल तथा प्रतिकूल परिस्थितिमा आवतजावतकाे विकल्पकाे रुपमा रहेकाे हवाई यातायातमा आन्तरिक विमान सेवा कम्पनीहरुले आफूखुशी भाडा बढाउँदा आम नागरिक ठूलाे असर परेकाे विज्ञप्तिमा उल्लेख छ ।

समिति सभापति रामहरि खतिवडाकाे निर्देशन अनुसार भाडादर नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यक पहल गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । ‘तसर्थ हवाई भाडादर नियन्त्रणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवश्यक निर्देशन हुन माननीय सभापतिज्यूकाे निर्देशनअनुसार अनुराेध गरिन्छ’- विज्ञप्तिमा लेखिएकाे छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !