दुर्गा प्रसाईँ एक लाख धरौटीमा रिहा हुँदै
प्रकाशित मिति : 1 October, 2024 5:05 pm
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई अदालतले मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
उहाँविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।
उहाँ गत असोज ६ गते पक्राउ परेका थिए ।
113
Shares












