२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सहकारी पीडितका समस्या समाधान गर्न सरकार गम्भीर छ, कानुन अनुसार अघि बढ्छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  १५ आश्विन २०८१, मंगलवार २१:३१


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी पीडितका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा मंगलबार आयाेजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीका प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री ओलीले सहकारी पीडितको बचत रकम फिर्ता गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयाे ।

सहकारी पीडितको रकम कसरी फिर्ता गराउने भन्ने विषयमा सरकारले अध्ययन गरिरहेकाे उहाँले बताउनुभयाे । प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘सहकारी पीडितको पीडा सुन्नुपर्छ, उहाँहरुको डुबेको रकम फिर्ता हुनुपर्छ, तर कहिले-कहिले यस्तो भइदिन्छ कसले त्यतिबेला कसले पैसा लियो उफ्रि-उफ्रि खायो, खाइसकेको त गइसक्यो, त्यसलाई फिर्ता कसरी ल्याउने भन्ने कुरा, कोही-कोही सहकारीहरुको फिर्ता गराउने स्थिति होला, यस सम्बन्धमा अध्ययन पनि भइरहेको छ, र सहकारी पीडितहरुका समस्यालाई समाधान गर्ने सम्बन्धमा सरकार एकदमै धेरै गम्भीर छ ।’

सहकारी पीडितकाे समस्याकाे सही समाधान हुन्छ भनेर सरकारले प्रयास गरिरहेकाे भन्दै उहाँले सहकारीको रकम मनलाग्दी खर्च गरेको पाइएकाले फिर्ता कसरी ल्याउने भन्ने कुरामा सरकार गम्भीर भएर लागेको बताउनुभयाे ।

पीडकसँग रकम असुल उपर गर्न सरकार लागेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘यो कसरी सही समाधान हुनसक्छ ? त्यसमा यसरी पैसा कहाँ-कहाँ पुर्‍याइसकेको छ, उडाएर खर्च गरेकाे छ, यसरी उडाएर खर्च गरेको छ, कतिसम्म रकम फिर्ता गर्न सकिन्छ ? असुल उपर गराउन सकिन्छ ? त्यसमा सरकार लागेको छ, हामीले कानुन पनि बनाएका छौं, कानुनको दायराभित्र रहेर त्यो काम गर्नुपर्छ, यत्तिकै सामाजिक सञ्जालमा बोलिदिनेलाई त सजिलो होला, सरकारलाई सजिलो हुँदैन यस्ता कुराहरु, सरकार आफू पनि कानुनभित्र बाँधिएर बसेको हुन्छ, कानुनभित्र रहेर काम गर्नेकुरामा प्रतिबद्ध छ ।’


113
Shares

प्रतिक्रिया दिनुहोस !