२६ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गायक प्रभात सुवेदी तथा गायिका गीता पाण्डेको ’आयो है दशैं आयो ’ गीत सार्वजनिक

प्रकाशित मिति :  १६ आश्विन २०८१, बुधबार १८:०९


काठमाडौं । दशैको माहोल नजिकिँदै गर्दा ’आयो है दशैं आयो ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

गायक प्रभात सुवेदी तथा गायिका गीता पाण्डेको ’आयो है दशैं आयो ’ दशैंको नँया गीत सार्वजनिक गरेका छन् ।

उक्त गीतको शब्द सुरेश पण्डितको रहेको छ । संगीत, संगीत संयोजन राजेन्द्र बजगाइले गरेका छन् । गीतमा सुवेदी तथा गायिका गीता पाण्डेको आवाज रहेको छ ।

नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलोसँग–सँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । म्युजिक किचन रेकडिङ्ग स्टुडियोमा तयार पारिएको उक्त गीतको मिक्सिङ तथा मास्टरिङ्ग भने मनोज परियारले गरेका हुन् ।

गीतको भिडियो एपीयस नेपाल युट्युवच्यानलमा लिरीकल संगीत बजारमा आएको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !