३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारको आलोचनालाई थाँती राखेर सहयोगको चरणमा आइपुगेका छौं : सभापति लामिछाने

प्रकाशित मिति :  १६ आश्विन २०८१, बुधबार १९:१८


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले अब चाडपर्वको बेलामा आम नागरिकलाई सेवा दिने सन्दर्भमा सरकारलाई सुझाउने बताउनुभएकाे छ ।

बुधबार पार्टी कार्यलय बनस्थलीमा भएको छलफलमा उनले हिजोसम्म सरकारले यो किन गरेन यस्तो किन ग¥र्याे भनेर आलोचना र टिकाटिप्पणी गरेतापनि अब सरकारको आलोचना मात्र नगरी सल्लाह सुझाव पनि दिने बताउनुभकाे हा‍े ।

उहाँले भन्नुभयाे, ‘अब हामी दोस्रो मोडमा आएका छौं । हिजोसम्म हामीले सरकारले यो किन गरेन यस्तो किन ग¥र्यो भनेर आलोचना र टिकाटिप्पणी गयौं । अब यो चाडपर्वका बेलामा आम नागरिकलाई कसरी सेवा दिने । सरकारलाई कहाँ कहाँ हामीले साथ दिने र कुन ठाउँमा खबरदारी गर्ने हो गर्ने छौं । हामीले अब आलोचना होईन सरकारलाई सल्लाह सुझाव दिने छौं ।’

उहाँले बाढि–पहिरो विपद्मा परेका नागरिकहरुको उद्दार कार्यमा रास्वपाको कार्यकर्ता सबैभन्दा बढि खटेको भएतापनि प्रचार प्रसार भने कम गरेको बताउनुभयाे ।

उहाँले अब सरकारको आलोचनालाई सकाएर सहयोगको चरणमा रास्वपा आइपुगेको भन्दै एउटा राजनीतिक दलको जिम्मेवारी पूरा गर्नका लागि अब सरकारको सहयोगी भन्ने बताउनुभयाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !