७ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

त्रिकाेणात्मक टी-२० सिरिज : नेपालले ओमानलाई ५६ रनले हरायाे

प्रकाशित मिति :  १७ आश्विन २०८१, बिहीबार ०७:३१


काठमाडाैं । क्यानडामा जारी त्रिकाेणात्मक टी-२० क्रिकेट सिरिजकाे आफ्नाे चाैथाे तथा अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेकाे छ ।

क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेकाे हाे ।

नेपालले दिएकाे १ सय ५८ रनकाे लक्ष्य पछ्याएकाे ओमानले १७ ओभर ५ बलमाअलआउट हुँदै  १ सय १ रन मात्र बनाउन सक्याे । उसका लागि  जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले ३, रोहित पौडेल र सन्दीप लामिछानेले समान २-२ विकेट लिए ।

 

त्यसअघि टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएकाे नेपालले कप्तान राेहित पाैडेलकाे अर्धशतकीय पारीकाे मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएकाे थियाे ।

नेपालका लागि कप्तान राेहितले ४४ बलमा ४ छक्का र २ चाैकाकाे मद्दतमा नटआउट ५६ रन बनाए । कुशल मल्ले १९, देव खनालले १८ र आशिफ शेखले १६ तथा अनिल साह र कुशल भुर्तेलले समान ११-११ रन जाेडे ।

सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको नेपालले आफ्नो दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो । तेस्राे खेलमा नेपाल क्यानडासँग ४ विकेटले पराजित भएकाे थियाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !