२६ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव कायमै

प्रकाशित मिति :  १९ आश्विन २०८१, शनिबार ०९:३८


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ ।

जसअनुसार देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपास क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

अहिले कोशी, मधेश र बागमती प्रदेशको पूर्वी भूभागमा साधारण बदली रहेको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !