३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सहकारी पीडितको नाममा कांग्रेस–एमाले कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी विरुद्ध लागेका आरोप

प्रकाशित मिति :  १९ आश्विन २०८१, शनिबार २१:३८


काठमाडौं । सहकारी पीडितले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चितवनमा आयोजित कार्यक्रममा लगातार विरोध जनाएपछि सो पार्टीले कांग्रेस र एमाले कार्यकर्ताले कार्यक्रम बिथोल्ने प्रयास गरेको आरोप लगाएको छ ।

भरतपुरको नारायणी कला मन्दिरमा लामिछानेले आयोजना गर्नुभएको ‘चितवनवासीसँग भेटघाट’ कार्यक्रममा पीडितहरूले विरोध जनाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी कांग्रेस र एमालेले कार्यक्रम बिथोल्ने प्रयास गरेको आरोप लगाएको हो । कार्यक्रम बिथोल्न कांग्रेस र एमालेका स्थानीय कार्यकर्ता नै संलग्न रहेको सो पार्टीको दाबी छ । सहकारी पीडितका नाममा aकांग्रेस र एमालेले लामिछानेमाथि निरन्तर अवरोध सिर्जना गरिरहेको सो पार्टीको आरोप छ ।

सभापति लामिछानेको सचिवालयले कार्यक्रम सुरु हुनै लाग्दा एक हुल कला मन्दिरमा जबरजस्ती प्रवेश गर्न खोज्दै ढुङ्गा प्रहार गरेका राष्ट्रिय स्वतन्त्र पार्टीले आरोप लगाएको छ । ‘तिनीहरू सहकारी पीडित नै होइनन्’, सचिवालयले भनेको छ ।

कांग्रेस र एमाले कार्यकर्ताको ढुङ्गा लागेर सफल गुप्ता थापा र अमित गुप्ता घाइते भएका सो पार्टीले जनाएको छ । उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको र ढुङ्गा प्रहार गर्नेमध्ये नेपाली कांग्रेस चितवनका प्रवक्ता अनमोल अधिकारी पक्राउ परेका सो पार्टीले जनाएको छ । ‘यसबाट पनि उनीहरू सहकारी पीडितको नाममा बिथोल्न खोज्दै छन् भन्ने पुष्टि हुन्छ’, लामिछानेको सचिवालयले जनाएको छ ।

शुक्रबार मुग्लिङ बजारमा पनि सहकारी पीडित संघर्ष समितिको ब्यानरमा लामिछानेको विरोधमा प्रदर्शन गरिएको थियो । रास्वपा समर्थक र उनीहरूबिच झडप भएको थियो ।


226
Shares

प्रतिक्रिया दिनुहोस !