९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

राप्रपाद्वारा मन्थलीका बाढीपीडितहरुलाई राहत सामग्री वितरण

प्रकाशित मिति :  २० आश्विन २०८१, आईतवार ०९:१३


हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–१० मन्थलीमा बाढीपीडितहरुलाई राहत सामग्री वितरण गरिएको छ ।

राप्रपा मकवानपुर जिल्ला कार्यसमितिले भाँडाकुँडा, त्रिपाल, म्याट, बालबालिकाका लागि कपडा, पानी जार, विद्यार्थीहरुलाई झोलालगायतका सामान दिएको हो । उक्त राप्रपा मकवानपुरबाट ८० घर परिवारलाई सामग्री वितरण भएको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताइन् ।

असोज ११–१२ गतेको बाढीले बकैया गाउँपालिका वडा नम्बर १० मन्थलीमा ८० घर बगाएको छ । उक्त घरहरु भएका स्थानमा खोला बगिरहेको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !