२९ आश्विन २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

महिला टी-२० विश्वकप : अष्ट्रेलिया र इंग्ल्याण्डकाे विजयी सुरुआत

प्रकाशित मिति :  २० आश्विन २०८१, आईतवार १०:३१


काठमाडाैं । आईसीसी महिला टी-२० विश्वकप क्रिकेटमा साविक विजेता अष्ट्रेलिया र इंग्ल्याण्डले विजयी सुरुआत गरेका छन् ।

शनिबार भएको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ६ विकेटले पराजित गर्दै विजयी सुरुआत गर्‍याे । श्रीलंकाले दिएकाे ९४ रनको लक्ष्य अष्ट्रेलियाले १४ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । अष्ट्रेलियाका लागि बेथ मुन्नीले सर्वाधिक ४३ रन बनाइन् ।

त्यस अघि दुबईकाे शारजहामा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९३ रन मात्र बनाएकाे थियाे ।श्रीलंकाकी निलशिखा शर्माले २९ रन बनाइन् ।

बलिङतर्फ अष्ट्रेलियाकी मेगना स्कुटले ३ विकेट लिइन् ।

जितसँगै अष्ट्रेलिया समूह ‘ए’ को दोस्रो स्थानमा छ । लगातार दुई हारसहित श्रीलंका अंकबिहीन छ । श्रीलंका पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

यस्तै शनिबार राति नै भएको दोस्रो खेलमा बंगलादेशलाई २१ रनले पराजित गर्दै इंग्ल्याण्डले विजयी सुरुआत छ । इंल्याण्डले दिएकाे १ सय १९ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्याे । बंगालादेशकी लागि सोभाना मस्टोरीले ४४ रन बनाइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । उसका लागि डन्नी व्याटहोजले ४० रन बनाइन् । जितसँगै इंग्ल्याण्ड समूह ‘बी’ को शीर्ष स्थानमा छ ।

प्रतियोगितमा आज भारत र पाकिस्तान तथा स्कटल्याण्ड र वेष्ट इण्डिज भिड्ने छन् ।

समूह ‘ए’मा अष्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलंका र न्युजिल्याण्ड छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, स्कटल्याण्ड र इंग्ल्याण्ड छन् । समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।


113
Shares

प्रतिक्रिया दिनुहोस !