२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज प्रधानमन्त्री विपद् राहत कोषमा कांग्रेस र एमालले रकम हस्तान्तरण गर्ने

प्रकाशित मिति :  २० आश्विन २०८१, आईतवार १३:०३


काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले आज प्रधानमन्त्री विपद् राहत कोषमा रकम हस्तान्तरण गर्ने भएका छन् ।

दुई राजनीतिक दलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा पुगेर प्रधानमन्त्री केपी ओलीलाई कोषमा जम्मा गर्ने रकमको चेक हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजै प्रधानमन्त्री राहत कोषमा निर्माण व्यवसायी विकास परिषद्ले पनि रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै कोषमा नेपाल बैङ्क लिमिटेडले पनि रकम हस्तान्तरण गर्दै छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने प्रधानमन्त्रीलाई आज पहिरो पछि पुनस्थापनाको सम्बन्धमा ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !