१८ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विपद् व्यवस्थापनकाे काममा माओवादी केन्द्रले सरकारसँग मिलेर काम गर्न

प्रकाशित मिति :  २० आश्विन २०८१, आईतवार २१:०९


काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटना लगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ । श्रेष्ठले पूर्व तयारीका काम र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्न आग्रह गर्दै यसका लागि सम्बन्धित निकाय र सबै पक्षले साझा दायित्व सम्झिनुपर्नेमा जोड दिनुभयो । उहाँले विपद् व्यवस्थापनका काममा सरकारसँग मिलेर काम गर्न माओवादी केन्द्र तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विपद्का न्यूनीकरण गर्ने र आइलागेको विपद्को सामना गर्न सबै पक्ष मिलेर काम गर्नुपर्ने बताउनुभयो । यस काममा सरकारले अगुवाइ गर्ने गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा गृह मन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू वर्षामान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !