२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री उद्धार कोषमा आईएमई ग्रुपद्वारा पाँच करोड रुपैँया जम्मा

प्रकाशित मिति :  २० आश्विन २०८१, आईतवार २१:१३


काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लागि ग्लोबल आइएमई बैङ्क, आईएमई ग्रुप र आबद्ध कम्पनीका तर्फबाट ५ करोड रुपैँया जम्मा गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्रुपको तर्फबाट आइतबार सो रकमको चेक हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक हस्तान्तरण गर्नुभयो ।

आइतबार नै नेपाल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले ५० लाख, एनएमबी बैङ्कका अध्यक्ष मनोज गोयलले ५१ लाख र मेटलाइफ इन्स्योरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले २५ लाख रुपैँया कोषमा जम्मा गर्ने गरी प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले रकम हस्तान्तरण गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले आपतको बेलाका सकेको सहयोग गर्न पनि सबैलाई अपिल गर्नुभयो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !