१८ कार्तिक २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

विकास र विपत्तिमा राजनीति हुँदैन, सबैले मिलेर काम गर्नुपर्छ : रमेश लेखक

प्रकाशित मिति :  २१ आश्विन २०८१, सोमबार २०:२५


काठमाडौं । गृह मन्त्री रमेश लेखकले सोमबार बाढी पहिरोबाट क्षतिग्रस्त काभ्रेको पनौती नगरपालिका–१२ भूमेडाँडा र बेथानचाेक गाउँपालिका–४ चलालको स्थलगत निरीक्षण गर्नुभएको छ ।

बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि उहाँले तीन वटै तहका सरकारको विपत्तिमा काम गर्नुपर्ने समान जिम्मेवारी रहेको बताउनुभयो । उहाँले सबै तहका सरकारले समन्वय गरी काम गर्ने स्पष्ट पार्नुभयो । ‘संघीय, प्रदेश र स्थानीय तहको सरकार मिलेर काम गर्दा विपत्तिको सामना गर्न सजिलो हुन्छ, तीन तहकै सरकारबिच समन्वय गरेर अगाडि बढ्नुपर्छ’, उहाँले भन्नुभयो ।

विकास र विपत्तिमा राजनीति नहुने भन्दै उहाँले सडक, खानेपानी, विद्युत्, स्वास्थ्य लगायत विषयमा तत्काल लागिहाल्नु पर्ने बताउनुभयो । ‘विकास र विपत्तिमा राजनीति हुँदैन, सबैले मिलेर काम गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

पीडामा रहेकालाई राहत दिन सबै लाग्नुपर्नेमा जोड दिँदै उहाँले खोजी र उद्धारको काम जारी रहेको बताउनुभयो । अब राहतको व्यवस्थापनको काममा पनि त्यतिकै खट्नु पर्ने लेखकले बताउनुभयो ।

उहाँले उहाँले बाढी पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई २ लाख रुपैँया क्षतिपूर्ति दिने काम भएको भन्दै घरबार विहीनहरूलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको २५ हजार रुपैँया दिइएको बताउनुभयो । ‘बाढी, पहिरोबाट काभ्रेमा ७८ जनाको ज्यान गएको छ भने ७१ जना घाइते र ६ जना बेपत्ता छन् । घाइते मध्ये १८ जनाको उपचार भइरहेको छ । बाँकी डिस्चार्ज भइसकेका छन् ।


113
Shares

प्रतिक्रिया दिनुहोस !